बागमती सफाइ महाअभियान ६२० औँ हप्तामा, नदीको प्रदूषण जस्ताको त्यस्तै (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती सफाइ महाअभियान चलेको १२ वर्ष भई सक्यो । पशुपति क्षेत्रमा ढलरहित बागमती बगाउने लक्ष्य सहित परियोजना थालिएको त २९ वर्ष नै पुगिसक्यो। यी अभियानहरूमा १८ अर्ब भन्दा बढी खर्च भई सक्दा पनि न नदी सफा भएको छ, न परियोजनाका काम लक्ष्य अनुसार नै हुन सकेको छ ।
बागमती सफाइ महाअभियान ६२० औँ हप्तामा प्रवेश गर्दा पनि बागमती नदीको प्रदूषण र फोहोर जस्ताको त्यस्तै रहेको छ। एकातिर अभियन्ताले नदी सफा गर्दै आएका छन् भने अर्कोतर्फ नदीमा ढल मिसाउने र फोहोर फाल्ने काम रोकिएको छैन ।
बागमती सभ्यता बचाउनका लागि सरकारले २०५१ मा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन गर्यो जसलाई विभिन्न समयमा परिमार्जन गर्दै २०६४ मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनाइएको छ । २०६७मा सरकारले बागमती एक्सन प्लान समेत बनायो।
त्यस बाहेक सरकारी तथा गैरसरकारी संस्थाको पहलमा स्वतःस्फूर्त रूपमा २०७० ज्येष्ठ ५ मा बागमती नदीलाई स्नात् गर्न लायक बनाउने लक्ष्य सहित सुरु भएको बागमती सफाइ महाअभियान अहिले पनि जारी छ। यी अभियानबाट केहि उपलब्ध भएतापनि बागमतीको प्रदूषण भने उस्तै छ। ढल मिसाउने र ठोस फोहोरमैला नदीमा फ्याक्नाले अहिले बागमती दुर्गन्धित बनेको छ ।
_hpHTir4MNs.jpg)
तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको अगुवाइमा राष्ट्रका लागि २ घण्टा स्वयंसेवी अभियान भन्ने नारा सहित सुरु भएको सो अभियानमा १५ लाख भन्दा बढिले सहभागिता जनाइसकेका छन् भने भने २० हजार टन भन्दा बढी फोहोर निकालिसकेका छन् । अभियान्ताहरु निरन्तर रूपमा लागि परेतापनि नदी सोच अनुसार सफा हुन् सकेको छैन ।तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_CPZNIGpsDq.jpg)
_RA0MZuTezF.jpg)
_0PDOF1oLYX.jpg)
_dmFQdEUOfj.jpg)
_OYYZ8rQk72.jpg)
_0PTPSeRC5l.jpg)
_IKzCfCdMpn.jpg)
_j1QsRsJ5MS.jpg)
_ZuLOQw7kHl.jpg)
_RN7BDB3zhS.jpg)
_UMhte1lITa.jpg)
_PmBXnV12kS.jpg)
_6KqZPuzDCC.jpg)
_mOEURiDruA.jpg)
_mQoN3oL3Hd.jpg)
_5Mww888d1S.jpg)
_qhV7wTMWES.jpg)
_vHM2oXHff6.jpg)
_ZEwKrdbr0S.jpg)
_vTJo13V9uM.jpg)
_kwtaSsz3HZ.jpg)
_O6JSKe5M1T.jpg)
_Db4U3Dh2bT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँग सहकार्य अन्त्य गर्ने कांग्रेसको निर्णयपछि लुम्बिनीमा राजनीतिक हलचल
-
कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण