कमेडियन कुणाल कामरालाई राहत, अदालतले दियो अन्तरिम अग्रिम जमानत
मद्रास । महाराष्ट्रका उपमुख्यमन्त्री एकनाथ शिन्देमाथि टिप्पणी गरेको मुद्दामा हास्य कलाकार कुणाल कामरालाई अदालतबाट राहत मिलेको छ। कानुनी वेबसाइट लाइभ लका अनुसार मद्रास उच्च अदालतले कामरालाई अप्रिल ७ सम्मको लागि अन्तरिम अग्रिम जमानत दिएको छ।
यस मुद्दामा, कुणाल कामरा विरुद्ध मुम्बईको खार प्रहरी स्टेशनमा एफआईआर दर्ता गरिएको थियो । तर तमिलनाडुको बासिन्दा भएकोले, कामराले मद्रास उच्च अदालतमा निवेदन दिए।
कुणाल कामराको नयाँ स्ट्यान्ड-अप भिडियो 'नयाँ भारत' प्रसारण भएपछि कामरालाई ज्यान मार्ने धम्की आएको भन्दै उनका वकिल वी सुरेशले तत्काल राहतको याचना गरेका थिए।
मद्रास उच्च अदालतका न्यायाधीश सुन्दर मोहनले पहिलो नजरमा नै कामरा महाराष्ट्रको अदालतमा सुरक्षाको कारण जान नसक्ने देखिने जिकिर गरे। ‘त्यसैले, यो अदालत उनलाई अन्तरिम अग्रिम जमानत दिन तयार छ,’ न्यायाधीशले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण