स्वस्तिमा, प्रियंका, नीतिलगायत दर्जन सेलिब्रेटीले गरे फेसन शो
काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजङ्ग कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा प्रस्तुत भएका छन् । शुक्रबार साँझ आयोजित १४ औँ संस्करणको जोय ‘आइइसी डिजाइनर रनवे’ नामक फेसन शोमा उनीहरु शो टपरको रुपमा विभिन्न आकर्षक पहिरनसहित र्याम्पमा प्रस्तुत भएका हुन् ।
_GJWXrLDchq.jpg)
जोय कस्मेटिक नेपालको प्रस्तुति रहेको शोमा ५० डिजाइनरले डिजाइन गरेका बिभिन्न पहिरनका आकर्षक डिजाइन सेलिब्रेटीको अलवा मोडलहरुले बिभिन्न १२ सिक्वेलमा प्रस्तुत गरेका थिए । भारतको चर्चित अन्तर्राष्ट्रिय कोरियोग्राफर यतिन नरेन्द्र गान्धीको समेत सहभागिता रहेको दारबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना भएको शोको म्यानेजमेन्ट जिम्मेवारी नेक्स्ट मोडल्स नेपालले गरेको हो । यही संस्करणको बाँकी फेसन शो शनिबार निरन्तर हुने नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए ।
_QJKdzn9cnj.jpg)
शोमा आइसी कलेजका २०२३ ब्याजका १०२ जना विद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरनका डिजाइनहरु २५ सिक्वेलमा प्रस्तुत हुनेछ । आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु रहेको बताइन् । विगतका वर्षमा एकदिन आयोजना भएको यस वर्ष अझै भव्य रुपमा दुई दिन आयोजना गरिएको हो ।
_wdZHztLFcO.jpg)
_SC5IgequUj.jpg)
_d596tHYWOZ.jpg)
_TGv7ojZSK8.jpg)
_WtTEtpmPgP.jpg)
_EFfD6FTC1E.jpg)
_jpvKSMEKLT.jpg)
_UkTRoHgGXh.jpg)
_BkrE4xMZz9.jpg)
_ijze4UYq0b.jpg)
_dW4xSeajkX.jpg)
_2evEzbLVf5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण