राजावादी प्रदर्शन
ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय
ज्ञानेन्द्रलाई काट्यो काठमाडौँ महानगरपालिकाले ८ वटा पत्र
शनिबार, १६ चैत २०८१, १६ : २१
३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो।
शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।
महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।
कुन शीर्षकमा कति जरिवाना ?
- कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर - रु १ लाख
- महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
- तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
- जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
- बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
- सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर- रु १ लाख
- दमकल तोडफोड- रु १ लाख ३० हजार
- तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड- रु ६३ हजार








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण