नौ दिन आठ रात मनाइने विस्केट जात्राको तयारी तिव्र
भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ ।
जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण कार्य तीव्रताका साथ अघि बढाइएको छ । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेदेखि सुरु हुदैछ ।
नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ ।
जात्राका लागि भैरव र भद्रकालीको रथ निर्माणका लागि सम्पूर्ण सामाग्री ल्याएर निर्माण भइरहेको गुठी संस्थान भक्तपुर शाखा कार्यालयकी प्रमुख खीमा वलीले जानकारी दिइन् ।
चैत २८ गते दिउँसो तान्त्रिक विधिअनुसार भैरवनाथको रथमा खड्ग, तरबार र निसान राखिसकेपछि अपराह्नदेखि रथ तान्ने क्रम सुरु गर्ने परम्परा रहेको छ । त्यस्तै वैशाख ५ गते जात्राको अन्तिम दिन सुरुको दिनजस्तै प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ दुई सय फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथिल्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान दुवैतिर तान्ने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण