भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
आइतबार, १७ चैत २०८१, १६ : १२
काठमाडौं । म्यानमार र थाइल्याण्डमा भूकम्प गएको दुई दिन भइसकेको छ । भुकम्पमा परेर म्यानमारमा १ हजार ६४४ भन्दा बढी मानिसको मृत्यु भएको छ ।
थाइल्याण्डको राजधानी बैंककमा एक भत्किएको अग्लो भवनमा शनिबार १२औँ शव फेला परेको छ । योसँगै थाइल्याण्डमा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
घाइतेहरूको उपचारका लागि चिकित्सा सामानको अभाव भएको संयुक्त राष्ट्र संघ (यूएन)ले आइतबार बताएको थियो । यस्तो अवस्थामा विपत्तिको सामना गर्न निकै गाह्रो हुँदै गइरहेको छ । उद्धारकर्मीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई उद्दार गर्ने प्रयास जारी राखेका छन् ।
चिनियाँ दूतावासले भूकम्पमा आफ्ना १२ नागरिक घाइते भएको बताएको म्यानमारको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । कयौँ मानिस बेपत्ता रहेकोले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताइएको छ । एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण