उद्योगमा लोडसेडिङ अन्त्य भएको भन्दै नेपाल धागो उत्पादक संघ हर्षित
काठमाडौं । विद्युत प्राधिकरणले औगोधिक क्षेत्रमा लोडसेडिङ हटाएको भन्दै नेपाल धागो उत्पादक संघ हर्षित भएको छ । विद्युत् प्राधिकरणले पछिल्लो केही दिनदेखि औद्योगिक क्षेत्रमा नियमित विद्युत् आपूर्ति गर्न थालेकामा संघ हर्षित र उत्साहित भएको विज्ञप्तीमार्फत जानकारी दिएको हो ।
औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङले नेपालका सीमित निर्यातमुखी उद्योगमध्येको अग्रणी धागो उद्योग पूर्ण क्षमतामा चल्न नसक्दा यस क्षेत्रमा आश्रित उद्योगी र कामदारका साथै सरकारको राजश्व आम्दानीमाथि असर परेको बताएको छ ।
संघका अध्यक्ष पवन गोल्याणले घरायसी प्रयोजनमा लोडसेडिङ अन्त्य भए पनि औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङले धागो उत्पादन लागत बढेको, क्षमताअनुसार उत्पादन नभएको, रोजगारी र निर्यात प्रबर्द्धनमा असर परिरहेको बताए ।
उनले औद्योगिक क्षेत्रमा लोडसेडिङको समस्या समाधानका लागि भारतबाट आवश्यक मात्रामा विद्युत् आयातको पहल गर्ने प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक, उर्जामन्त्री, परराष्ट्रमन्त्री तथा समग्र पहलकदमी लिने प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । संघका अनुसार आबद्ध उद्योगहरुबाट हुने उत्पादनको ८० प्रतिशतभन्दा बढी वस्तु अहिले विभिन्न देशमा निर्यात भइरहेको छ ।
लोडसेडिङले पारेको समस्या पूर्ण रुपमा समाधान गर्दै औद्योगिक क्षेत्रले निरन्तर २४ घण्टा विद्युत् उपभोग गर्न पाउने सुनिश्चितता प्रदान गरी उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण सिर्जनातर्फ सरकारको सार्थक प्रयास रहने विश्वास संघले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण