हैदरावादविरुद्ध दिल्ली ७ विकेटले विजयी
काठमाडौँ । जारी आईपीएलको १० औं खेलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबारको पहिलो खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।
विशाखापट्टनममा दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर १६४ रनको लक्ष्य पूरा गर्यो । ओपनर फाफ डु प्लेसिसले ५० रनको इनिङ खेले । ज्याक फाजर मगर्कले ३८ रनको योगदान दिए । दुवैले ८१ रनको ओपनिङ पार्टनरसिप गरे ।
केएल राहुलले १५ रन बनाए । अभिषेक पोरेल ३४ रन बनाएर अविजित र ट्रिस्टन स्टब्स २१ रन बनाएर अविजित फर्किए । जिसान अन्सारीले ३ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८.४ ओभरमा १६३ रनमा अलआउट भएको थियो। अनिकेत वर्माले ४१ बलमा ६ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए भने ।
आज दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए भने कुलदीप यादवले ३ विकेट लिएका थिए । तीन खेल खेलेको सनराइजर्सको भने यो दोस्रो हार हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण