हैदरावादविरुद्ध दिल्ली ७ विकेटले विजयी

काठमाडौँ । जारी आईपीएलको १० औं खेलमा दिल्ली क्यापिटल्सले लगातार दोस्रो जित हात पारेको छ । आइतबारको पहिलो खेलमा दिल्लीले हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।
विशाखापट्टनममा दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर १६४ रनको लक्ष्य पूरा गर्यो । ओपनर फाफ डु प्लेसिसले ५० रनको इनिङ खेले । ज्याक फाजर मगर्कले ३८ रनको योगदान दिए । दुवैले ८१ रनको ओपनिङ पार्टनरसिप गरे ।
केएल राहुलले १५ रन बनाए । अभिषेक पोरेल ३४ रन बनाएर अविजित र ट्रिस्टन स्टब्स २१ रन बनाएर अविजित फर्किए । जिसान अन्सारीले ३ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको हैदरावाद १८.४ ओभरमा १६३ रनमा अलआउट भएको थियो। अनिकेत वर्माले ४१ बलमा ६ छक्का प्रहार गर्दै ७४ रन बनाएका थिए भने ।
आज दिल्लीका मिचेल स्टार्कले ५ विकेट लिए भने कुलदीप यादवले ३ विकेट लिएका थिए । तीन खेल खेलेको सनराइजर्सको भने यो दोस्रो हार हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगरको बेरूजु : काठमाडौँको सबैभन्दा धेरै, अन्य कसको कति बेरूजु ?
-
टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या
-
भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन
-
दमक भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न दिने, यस्ता छन् मन्त्रिपरिषद्का ३० निर्णय
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री