गाउँ पसेको पाटेबाघ नियन्त्रणमा
कञ्चनपुर । बेलौरी नगरपालिका–२ टेङ्ढुवा गाउँमा पसेको बयस्क भाले पाटेबाघलाई आज नियन्त्रणमा लिइएको छ । खेतको बिचको नाला रहेको क्षेत्रमा प्राविधिक टोलीले डार्ट (बेहोस) गरी बाघलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको बाघलाई डिभिजन वन कार्यालय कञ्चनपुरको संरक्षणमा राखिएको छ । बाघको स्वास्थ्य अवस्था जाँच गरी सोमबार सुरक्षित बासस्थानमा छाडिने कुण्डा सब डिभिजन कार्यालयका प्रमुख दिनेशकुमार यादवले बताए ।
डिभिजन वन कार्यालय कञ्चनपुर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको १२ जनाको प्राविधिक टोलीले दुई हात्तीको सहायताले बाघलाई नियन्त्रणमा लिएको हो । शुक्रवार टेङ्ढुवा गाउँँमा बाच्छोलाई बाघले खाएपछि खोजीकार्य सुरु गरिएको थियो । ड्रोन क्यामेराको प्रयोग गरी खोजी गर्दा गहुँको खेतमा सुतेको अवस्थामा बाघ देखा परेपछि निगरानी गर्न थालिएको थियो ।
‘आज बिहान पुनः बाघको खोजी गर्न थाल्यौँ’, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ वन्यजन्तु प्राविधिक सुभन मल्लले भने, ‘हात्तीको सहायताले बाघलाई डार्ट गरेपछि नियन्त्रणमा लिएका हौँ ।’
केही महिनाअघि दोधारा चाँदनी क्षेत्रबाट नरभक्षी बाघलाई उखु खेतबाट प्राविधिकले डार्ट गरी नियन्त्रणमा लिएका थिए । सो बाघ हाल बर्दिया राष्ट्रिय निकुञ्जको सुधारगृहमा राखिएको छ । गत वर्ष बेलौरी क्षेत्रबाटै बाघलाई प्राविधिकको टोलीले नियन्त्रणमा लिएर सदर चिडिया खाना पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण