तीनकुने घटना : ४१ जनाविरुद्ध पाँच दिन म्याद थप
आइतबार, १७ चैत २०८१, २३ : २४
काठमाडौं । चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेकालाई पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।
पक्राउ परेका ४१ जनाविरुद्ध विभिन्न मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा सङ्गठित तबरले आपराधिक घटना घटाएको प्रहरीले जनाएको छ । सोही घटनामा संलग्न भनी पक्राउ परेका अधिवक्ता स्वागत नेपाल भने संलग्नता पुष्टि नभएपछि रिहा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण