टोलीको जितपछि पनि कप्तान रियान परागलाई १२ लाखको घाटा
गुवाहाटी । राजस्थान रोयल्सका कप्तान रियान परागलाई आइतबार चेन्नई सुपर किंग्स विरुद्धको खेलमा ढिलो ओभर रेटको कारणले ठूलो रकम जरिवाना गरिएको छ। यो रोमाञ्चक खेलमा राजस्थानले ६ रनले जित त पायो तर टोलीका कप्तान रियान परागले जरिवाना तिर्नुपर्ने भएको छ ।
रियानभन्दा अगाडि आइतबार मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई पनि स्लो ओभर रेटको कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो। रियान परागमाथि लगाइएको जरिवानाको बारेमा बीसीसीआईले भन्यो, 'आईपीएल आचारसंहिताको धारा २.२२ अन्तर्गत यो सिजनमा रियान परागको टोलीको पहिलो अपराध भएकोले कप्तानलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।'
हार्दिकलाई २०२४ को आईपीएलमा यो अपराधको लागि तीन पटक सजाय दिइएको थियो, त्यसपछि उनलाई एक खेलको लागि प्रतिबन्ध लगाइएको थियो। जसका कारण मुम्बई इन्डियन्सका कप्तानलाई आइपीएल २०२५ को पहिलो खेलमा टोलीबाट बाहिर निकाल्नुपरेको थियो। तर, यसपटक नियम परिवर्तन भएको छ, जहाँ कुनै पनि खेलाडीलाई यसको कारणले प्रतिबन्ध लगाइने छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026