चैत्र मसान्तसम्म स्थानीय तहको अधिवेशन सक्ने जसपा नेपालको तयारी
_bMj5daRuGK.jpg)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्म स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिहरूको अधिवेशन अधिवेशन सम्पन्न गर्ने भएको छ । पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूको समन्वयमा स्थानीय तहको अधिवेशन कार्यलाई तीव्रता दिइएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका हुन् ।
पार्टीको परिपत्रअनुसार स्थानीय तहको अधिवेशनपश्चात् प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन गर्नुपर्ने छ । प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन वैशाख २५ गते भित्र र वैशाख मसान्तसम्म भ्रातृ सङ्गठनको अधिवेशन गर्ने पार्टीको निर्णय भएको प्रमुख पूर्ण बस्नेतले बताए ।
जसपा नेपालले ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को अवधिमा पार्टी प्रवेश कार्यक्रम, सदस्यता वितरण तथा नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि बढेको पार्टीले जनाएको छ । पार्टीको अभियानलाई २०८२ वैशाख मसान्तसम्म जारी रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘धोका दियौ तिमीले’ गीतमा केकीको अभिनय
-
इजरायल–इरान युद्धको विरोधमा काठमाडौँस्थित दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)
-
जनार्दन शर्मालाई प्रश्न– आगामी महाधिवेशनमा नेतृत्वमा प्रतिस्पर्धा गर्नुहुन्छ ?
-
‘शुभ विवाह’ मा सहकार्य गर्दै सुदर्शन र प्रदीप
-
पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव (तस्बिरहरू)
-
परराष्ट्रको पत्र ‘गैरकानुनी’ भन्दै कूटनीतिक नियोगहरूलाई अर्को पत्र