संसद् बैठक
प्रधानमन्त्रीको असंसदीय भाषा रेकर्डबाट हटाउन राप्रपाको माग
सोमबार, १८ चैत २०८१, १२ : ०७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा असंसदीय भाषा प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले असंसदीय भाषा रेकर्डबाट हटाउन माग गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २१ विरुद्ध होच्याउने, असंसदीय भाषा प्रयोग गरेकाले हटाउन शाहीले माग गरे ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गत फागुन २५ गते एयरपोर्टमा गरिएको स्वागतलाई कथित भनेकोमा आफ्नो आपत्ति रहेको शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण