काठमाडौँ । पत्रकार, लेखक र कूटनीतिज्ञको समेत छवि बनाएका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सल्लाहकार परिषद् सदस्य स्व. कमल कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको कार्यालयमा राखिएको छ ।
_ZQ6EqY06tA.jpg)
वरिष्ठ पत्रकार, अगुवा राजनीतिक व्यक्तित्व र कूटनीतिज्ञ समेत भनेर चिनिएका कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको थियो । मङ्गलवार लडेर पक्षघात भएपछि सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा आइतबार राति निधन भएको छोरी ऋचा कोइरालाले जनाएकी छिन् ।
_QsrB5eAt05.jpg)
कमल पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन् । कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि सक्रिय थिए । ०४७ पछि एमाले निकटको दृष्टि साप्ताहिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका उनले ०६१ पछि रोडम्याप साप्ताहिकको प्रधानसम्पादक भएका उनी पछिल्लो समय साँघु, जनआस्था र बुधबार लगायतका साप्ताहिक पत्रिकामा स्तम्भकारका रूपमा कलम चलाउँदै आएका थिए ।
०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका कोइरालाले करिब तीन वर्ष दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्व सल्लाहकारसमेत हुन् । पार्टी विभाजनपछि भने उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए । कोइरालाको आजै अन्तिम संस्कार गरिने छ ।
_3mttRIL0WR.jpg)
_x4x5VtkS0O.jpg)
_6wPfsytgF3.jpg)
_CeQOQ3Mh1F.jpg)
_SYTlUgrfZS.jpg)
_3FgeEbwvHq.jpg)
_wOORYwOemt.jpg)
_AV56LxRDBF.jpg)
_mjQQSywERY.jpg)
_wL1vhmJkoV.jpg)
_PqumuWAcnT.jpg)
_GbKp5g3L9l.jpg)
प्रतिक्रिया