मकवानपुरबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल भेटियो
काठमाडौँ । मकवानपुरको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्क जङ्गलबाट लागुऔषध कारोबारीले लुटेको प्रहरीको पेस्तोल भेटिएको छ । कैलास गाउँपालिका–१ स्थित बोल्ने लेकको जङ्गलमा पेस्तोल भेटिएको मकवानपुरका एसपी विश्वराज खड्काले रातोपाटीलाई बताए ।
सोमबार दुम्सीखर्क जङ्गलमा अपरेशनमा गएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरू फरार भएका थिए । लागुऔषध कारोबारी पक्राउ गर्न इलाका प्रहरी कार्यालय पालुङबाट खटिएका तामाङ र सहायक हवल्दार गोविन्द्र मग्रातीलाई लागुऔषध कारोबारीले कुटपिट समेत गरेका थिए ।
प्रहरीले बरामद गरेको २ केजी अफिम र मोटरसाइकल पछि ठुलो संख्यामा आएका कारोबारीले लुटेर लगेका थिए । लुटिएको टाइप–५४ पेस्तोल भेटिएको र लुटमा संलग्नहरुको खोजी भइरहेको एसपी खड्काले जानकारी दिए ।
आरोपीहरूको खोजीमा ईप्रका मकवानपुरका इन्स्पेक्टर सविनबावु अर्याल, मनहरीका इन्स्पेक्टर विशाल सापकोटा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्याल र धादिङ स्थित इलाका प्रहरी कार्यालय गजुरीका इन्स्पेक्टर सुमन चापागाईं खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण