नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाइसकेको छैन
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् चूडामणि चापागाईँ । सोमबारको मन्त्रिपरिषद् बैठकबाट नियुक्त भएका उनी पूर्वबैंकर तथा बीमकसमेत हुन् ।
सानिमा बैंकमा ब्रान्चको हैसियतमा ३ वर्षसम्म काम गरेको उनी पछिल्लो समय युनियन लाइफ इन्स्योरेन्स काम गर्दै आएका थिए । नवनियुक्त सीईओ चापागाइँले मंगलबार नियुक्तिपत्र लिई सोही दिन कार्यभार समेत सम्हालेका छन् ।
देशको एकमात्र धितोपत्र बजारको रूपमा रहेको नेप्से यतिवेला समस्यामा छ । बजारमा दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स खुलाउन नियामक धितोपत्र बोर्डले तयारी थालिरहेको वेला यसको बजार र भविष्यबारे अनेक अड्कलबाजी भइरहेका छन् ।
नेप्सेको प्रतिस्पर्धी कम्पनी आउनै हुन्न भन्ने कर्मचारीहरू समेत एकमत भइरहँदा नयाँ स्टक ल्याउन तयारी अगाडि बढाइरहेको सरकारले नै उनलाई नियुक्त गरेर पठाएको छ ।
अब नेप्से कसरी अघि बढ्छ, नयाँ स्टक एक्सचेन्जबारे नयाँ नेतृत्वको धारणा के हो,लगायत विषयमा केन्द्रित भई सीईओ चापागाइँसँग रातोपाटीले संक्षिप्त संवाद गरेको छ -
- मन्त्रिपरिषद् बैठकले नारदकुमार लुइँटेल नियुक्त गरेको हल्ला भएको एक हप्तामा सरकारले निर्णय उल्ट्याएर नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । यो विषयमा के भन्नुहुन्छ ?
सीईओ नियुक्ति सिफारिस समितिले पाँच जनाको नाम सिफारिस गर्दा मेरो नाम पनि गएको थियो । तर सरकारले नारदकुमार लुइँटेल नियुक्त गरेको सुनेको थिएँ । तर आज सबैतिर मलाई नियुक्ति गरेको समाचार सुनेँ । मलाई आज अप्रिल फुल जस्तै लागेको थियो । तर नियुक्ति गरेको सत्य रहेछ । आज नै पदभार सम्हालेको छु ।
- नेप्से सुधारको योजना के छ र कसरी काम गर्नुहुन्छ ?
नेप्सेले पछिल्लो समय धेरै सुधार गरिरहेको छ । आफैमा प्रगति गरिरहेको छ । त्यसमा व्यावसायिक सुशासन, कारोबारलाई पारदर्शी बनाउन ध्यान दिनेछु । संस्थागत सुशासन तथा पारदर्शिता मेरो पहिलो प्राथमिकतामा हुनेछ । नेप्सेमा अहिले रहेको डिजिटल प्रविधि र टेक्नोलोजीलाई थप सुधार गरिनेछ । त्यसलाई थप राम्रो बनाउने कोसिस रहनेछ ।
अन्तर्राष्ट्रिय रणनीतिक पार्टनरको खोजी गर्ने अथवा विदेशी रणनीतिक पार्टनरसँग सहकार्यका लागि छलफल तथा पहल गर्छु । त्यस्तै लगानी विकासमा प्राथमिकता दिने र लगानीकर्ताको लागि सचेतना सबैभन्दा बढी आवश्यक छ । लगानीकर्ताको लागि नेप्सेले सचेतना शिक्षा दिन आवश्यक छ । सचेतना शिक्षा बढाउनेबित्तिकै लगानीकर्ताको मनोबल उच्च हुन्छ । त्यसले नेप्सेको कारोबारमा र पुँजी बढ््छ । जीडीपीमा त्यसको सकारात्मक असरपर्ने गरी योनाबद्ध रूपमा काम गर्छु ।
- नेप्सेको कारोबार पारदर्शी नभएको सधैँ गुनासो आइरहेको छ । नेप्से कारोबारलाई कसरी पारदर्शी बनाउनुहुन्छ ?
मेरो कार्यकालभरि नेप्सेको संस्थागत सुशासनलाई बलियो बनाउने कोसिस हुन्छ । बजारबाट नेप्से कारोबारमा पारदर्शिता भएन भन्ने गुनासो नआउने गरी योजना बनाएर काम गर्ने मेरो प्रतिबद्धता छ ।
- नेप्से पुनर्संरचना गर्ने तयारी छ । त्यसलाई अहिल्यैदेखि कसरी अगाडि बढाउनुहुन्छ ?
यो विषय छलफलमै रहेछ । आज कार्यभार सम्हाल्दा थाहा पाएँ । नेप्सेको बोर्डमा छलफलमा रहेको पाएको छु । त्यसलाई अझै बृहत् छलफल गरेर समय सापेक्ष हुनेगरी पुनर्संरचना गर्नुपर्छजस्तो लाग्छ । नेप्सेको पुनर्संरचनाको विषयमा सबैसँग छलफल र संवादका आधारमा अगाडि बढाउने कोेसिस गर्छु । नेप्से पुनर्संरचना गर्दा वर्तमान समयसापेक्ष बनाउनुपर्छ भन्ने मेरो पनि धारणा हो ।
- सरकारले निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्ज दिने तयारी गरेको छ । नयाँ एक्सचेन्ज आवश्यक नभएको भन्ने कुरा आएका छन् नि ।
नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हालेको आज पहिलो दिन हो । मैले आज नै यो गर्छु त्यो गर्छु भन्दिनँ । नयाँ स्टक एक्सचेन्जको विषयमा मभन्दा माथि बोर्ड व्यवस्थापन छ । त्यसका लागि विभिन्न अध्ययन अनुसन्धान भएका छन् । विभिन्न अध्ययनका आधारमा नेप्सेको धारणा मागगरे सुझाव दिन्छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण