बागमती सरकार असफल साबित भयो: प्रतिपक्ष
हेटौँडा । बागमती प्रदेशका प्रतिपक्ष दलहरूले सरकार असफल साबित भएको टिप्पणी गरेका छन् । प्रदेशसभाका प्रतिपक्ष दलहरूले प्रदेशसभाको बैठक आह्वान भइरहँदा सरकारले हठात् चालु अधिवेशन अन्त्य गर्नुले आफ्नो असफलता देखाएको बताएका हुन् ।
बुधबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्रकार सम्मेलन गर्दै प्रतिपक्ष दलहरूले सरकार संसद् छलेर गैर जिम्मेवार बनिरहेको दाबी गरे ।
प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, प्रतिपक्ष दल राप्रपा, नेकपा एकीकृत समाजवादीले सरकारले आफ्नो कमीकमजोरी र असफलतालाई ढाकछोप गर्न संसद् छल्ने कार्य गरेको बताएका हुन् । माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सरकारको उक्त प्रवृत्तिले सरकार र प्रतिपक्ष दल बिच द्वन्द्व स्थिति निम्तिन सक्ने सम्भावना देखिएको बताए ।
‘सरकारले हठात् अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सरकार प्रदेशसभाबाट भागेर गैर जिम्मेवार ढंगबाट प्रस्तुत भएको छ ।’ उनले भने, ‘दलहरू बिच छलफल चलिरहँदा अधिवेशन अन्त्य गर्ने निर्णयले सरकारको अपरिपक्व दम्भ र निरङ्कुश शैली उदांगिएको छ ।’
सरकारको उक्त निर्णयले कार्यपालिका र व्यवस्थापिका बिचको दुरी बढाउने काम गरेको उनको आरोप छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरू विच भएको सहमति, गत असोजको ११/१२ गतेको अविरल वर्षापछि राहत उद्धार र पुनःनिर्माण विषय आलटाल गर्ने काम गरेको उनले बताए ।
उनका अनुसार सरकारका कारणले आगामी बजेट अधिवेशनलाई पनि अनिश्चित दिशामा धकेलिने सम्भावना बढेको छ । दलहरू बिचको सहमति र सहकार्यबाट भाग्ने सरकारले नीति, कार्यक्रम र बजेट समेत ल्याउने नैतिकता गुमाएको उनले बताए । सरकारले गैर जिम्मेवार हर्कत छोडेर वार्ता र सहमति मार्फत अगाडी बढ्न उनले माग गरेका छन् ।
प्रमुख सचेतक ढकालका अनुसार सरकारले प्रदेशसभाको हिउँदे अधिवेशनमा ४ दिन बैठक संचालन गरेको छ । संसदको हिउँदे अधिवेशनमा पारित हुनु पर्ने ४ विधेयक पनि अन्योलमा परेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण