प्रकाश सपुतको ‘वसन्त’ले कति पायो शो ?
काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘वसन्त’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । फिल्मको प्रर्दन मिति नजिकिँदै गर्दा हलहरुले शोसहित बुकिङ खुलाएको हो ।
फिल्मलाई देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा मात्रै ३३ शो दिएको छ । समाचार तयार गर्दासम्म क्युएफएक्सको ३८ शोसहित देशभर ७१ शो उपलब्ध गराएको छ । बुकिङको आधारमा प्रदर्शन दिनसम्म शोमा घटबढ हुन सक्नेछ ।
प्रकाश सपुतको डेव्यु निर्देशन रहेको फिल्मलाई आइएनआइ सिनेमाज लोत्से मल, एनबी सेन्टर, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरी १६ सो छ । वान सिनेमाजले आइप्लेक्स र कालीमाटी ट्रेड सेन्टरमा १० सो दिएको छ । त्यस्तै एफक्युबले ५ शो, बिग मुभिजले ५ शो, बिएसआर सिनेमाजले ४ शो दिएको छ ।
नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको फिल्ममा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामाको फिल्ममा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतकै छ । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले बोकेको छ ।
फिल्मका निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ हुन् । फिल्मले केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल सर्टिफिकेट पाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण