जल्दै गरेको अवस्थामा उद्धार गरिएकी किशोरीको मृत्यु
काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ तेन्जिङचोकस्थित एक घरमा आगलागी हुँदा जलेर एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी बाराहक्षेत्र नगरपालिका–२ स्थायी घर भई काठमाडौँ महानगरपालिका–६ को राजेशचन्द्र गिरीको घरमा डेरा गरी बस्ने वर्ष १८ की मुमेन तामाङ रहेको प्रहरीले जनाएको छ ।
आज साँझ करिब साढे पाँच बजेको समयमा उनको कोठामा आगलागी भइरहेको अवस्थामा तामाङलाई जलिरहेको देखेपछि तत्काल उद्दार गरिएकोमा उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रभाग कपनबाट प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको कमाण्डमा खटी गएको प्रहरी टोली, स्थानीयवासी र घाइतेको बुबा दधीराम तामाङसमेतको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण