रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?
बिहीबार, २१ चैत २०८१, ०८ : ०८

काठमाडौँ । रेबिज एक प्राणघातक रोग हो । यो रोग ९५ प्रतिशत रोगी कुकुरको टोकाइबाट हुन्छ ।
रोगको लक्षण देखिएपछि खोपले पनि काम गर्दैन र शतप्रतिशत मृत्यु हुन्छ । तर समयमा खोप लगाएमा बच्न सकिने चिकित्सक बताउँछन् । सकेसम्म कुकुरको टोकाइबाट जोगिनु नै यो रोगबाट जोगिनु उपाय रहेको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउँछन् ।
रेबिज कसरी सर्छ ?
रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो । रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गरेको उनी बताउँछन् । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
रेबिज लागेको कुकुरलाई कसरी चिन्ने ?
- अत्यधिक र्याल काढ्ने,
- जे पायो त्यही टोक्ने,
- उत्तेजित हुने,
- थकित भएर बस्ने,
- आवाज परिवर्तन हुने,
- पछाडिको भाग पक्षाघात हुँदै जाने ।
रोकथाम गर्न के गर्ने ?
- कुकुर बिरालोलाई वार्षिक रूपमा खोप लगाउने,
- जंगली जनावरहरूको नजिक नजाने, नजिस्क्याउने, नचलाउने,
- घरमा पालिएका कुकुरहरुलाई छाडा नछोड्ने,
- जंगली जनावरले टोकेमा खोप लगाउन तुरुन्तै लगाउन जाने, यो खोप सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ
-
घट्दो जन्मदरको मुख्य कारण आर्थिक बोझ र सामाजिक असहजता : युएनएफपीए