नेपालविरुद्ध अफगानिस्तानले मुलपानीमा पहिले ब्याटिङ गर्ने
यू–१९ यूथ एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला
बिहीबार, २१ चैत २०८१, ०९ : २६
काठमाडौँ । नेपालको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीबिच पहिलो यूथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता बिहीबार खेलिँदै छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा अफगानिस्तानको यू–१९ टोलीले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
अफगानिस्तानको यू–१९ टोलीले नेपालको यू–१९ पुरुष टोलीसँग तीनवटा खेलको शृङ्खला खेल्ने कार्यक्रम छ । नेपालमै आयोजना हुने आईसीसी यू–१९ विश्वकप छनोटको तयारीका क्रममा यो शृङ्खला खेल्न लागिएको हो ।
विश्वकप छनोट खेल पनि मुलपानी क्रिकेट मैदानमै हुनेछ । नेपाल र अफगानिस्तानबिचको यो शृङ्खलालाई यूथ एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिइएको छ । दोस्रो खेल अप्रिल ६ र तेस्रो खेल अप्रिल ९ तारिखमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण