‘आउटलः दफा २१९’ अब हिन्दी रिलिज, यस्तो बन्यो ट्रेलर
काठमाडौँ । अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा रिलिज हुने भएको छ । फिल्मका निर्माता अग्रहरिले फिल्म हिन्दी भाषामा डब गरिएको र चाडै नै रिलिज हुने जानकारी दिए । फिल्म हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
फिल्मको हिन्दी भर्सनमा ‘केजीएफ’ जस्तो चर्चित दक्षिण भारतीय फिल्ममा आवाज दिने कलाकारहरूले स्वर भरेका छन् । फिल्मको हिन्दी ट्रेलरमा दर्शकको उत्कृष्ट प्रतिक्रिया आइरहेको छ ।
फिल्ममा सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल, सुमन भण्डारी लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मले नेपाली दर्शकहरूमाझ पनि राम्रो छाप छाडेको थियो । अझै पनि हलमा चलिरहेको यो फिल्मको एक्सन पाटोलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।
नेपालमा राम्रो प्रतिक्रिया पाएपछि विदेशी बजारमा पनि यो फिल्मको माग राम्रो देखिएको छ । फिल्म युरोप, बेलायत, अस्ट्रेलिया, अमेरिका, जापान, कतार, दुबई लगायतका देशमा रिलिज हुँदै छ ।
साहिल खानको सम्पादन रहेको यो फिल्ममा चुल्ठे काजीको एक्सन, नवीन गुरुङको डीओपी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण