रौतहटमा ५० वर्षीय महिलाको शव गाडेको अवस्थामा भेटियो, हत्या आशंका
वीरगञ्ज । रौतहटमा ५० वर्षीय महिलाको शव फेला परेको छ ।
वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थित जंगलमा महिलाको शव फेला परेको रौतहट प्रहरीले पुष्टि गरेको छ । नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला परेको गरुडा प्रहरी प्रमुख राजन कार्कीले बताए ।
फेला परेको शव वृन्दावन नगरपालिकाको वडा नम्बर–१ की फूलमतिया देवीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी गएको १४ गते आफ्नो घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ताको आठौँ दिनपछि आज उनको शव फेला परेको हो ।
प्रहरीमा उजुरी आएपछि तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडेको अवस्थामा फेला परेको गरुडा प्रहरीका डीएसपी कार्कीले बताए । फेला परेको शव हत्या गरिएको हुन सक्ने विश्लेषण गर्दै प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताए ।
हत्यामा संलग्न रहेको आरोपमा अहिलेसम्म दुई जनालाई पक्राउसमेत गरिसकेको उनले जानकारी दिए ।
'बरामद महिलाको शव सनाखत भइसकेकोले कसले र किन हत्या गरेको हो ? त्यसबारे विस्तृत अनुसन्धान भइरहेको छ,' रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण