प्रधानमन्त्रीले तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने
बिहीबार, २१ चैत २०८१, २० : ४७
मोरङ । कोशी प्रदेश सरकारले चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएका हुन् ।
चैतको तेस्रो साता बित्दा समेत उद्घाटन गर्ने क्षेत्रमा लालीगुराँस नफुलेपछि बाटोको आसपासको गुराँसको कोपिलामा लागेको धुलो र धुवाँ पखाल्न पानी हाल्ने काम भैरहेको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए।
तीनजुरे लालीगुराँसको राजधानी मानिन्छ, जहाँ ३२ प्रजातिका गुराँस पाइन्छन्। नेपालमा पाइने ३६ मध्ये ३२ प्रजातिका गुराँस यही क्षेत्रमा पाइन्छन्। तीनजुरे, मिल्के र जलजले तेह्रथुम, संखुवासभा र ताप्लेजुङमा पर्छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँको दिमाग पनि समयभन्दा पहिले नै बूढो भइरहेको छ कि ?
-
गर्मीमा मोही खाँदा यी रोग पनि हुन्छन् टाढा
-
बुडिमिरको गोलमा क्रोएसियाको जित, पानामा समूह चरणबाटै बाहिरियो
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण