गण्डकी विश्वविद्यालयमा नयाँ कुलपति नियुक्त हुँदै, ३ जनाको नाम सिफारिस
पोखरा । प्रदेश सरकारले स्थापना गरेको पहिलो विश्वविद्यालय गण्डकी विश्वविद्यालयमा नयाँ कुलपति नियुक्तिको लागि नाम सिफारिस गरिएको छ । उम्मेदवार छनोट समितिले ३ जनाको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सिफारिस गरेको हो ।
स्रोतका अनुसार प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस भएको छ । उनीहरू तीनै जना पोखराका हुन् । सरकारले विश्वविद्यालयका न्यायिक परिषद् अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।
समितिको सदस्यहरूमा प्रदेश लोकसेवा आयोगकी सदस्य कल्पना लम्साल र न्यायिक परिषद् सदस्य डा.यमुना घले छन् । समितिले बुझाएको नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले कुलपति नियुक्त गर्नेछ । विश्वविद्यालयको कुलपति हुन ७ जनाले आवेदन दिएका थिए । ५ जनाको दरखास्त मात्रै स्वीकृत भएको थियो ।
स्वीकृत दरखास्तबाट २ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो । दरखास्त स्वीकृत हुनेमा सिफारिस भएका तीन जनासँगै प्राडा कुसुमाकर न्यौपाने र प्राडा नवराज देवकोटा पनि थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण