आईपीएलको ‘डेब्यू’ खेलमै दुबै हातले बलिङ गरेर विकेट लिने यी श्रीलंकाली बलर
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा बिहीबार राति सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबिच खेल भएको थियो । उक्त खेलमा कोलकाताले हैदराबादलाई ८० रनले पराजित गर्यो ।
उक्त खेलमा सनराइजर्स हैदराबादको टोलीमा श्रीलंकाली अलराउन्डर कामिन्दु मेन्डिस पनि सहभागी थिए । २६ वर्षीय कामिन्दु मेन्डिसको आईपीएलमा यो ‘डेब्यू’ खेल थियो । खेलका क्रममा उनले एक ओभर बलिङ गर्ने अवसर पनि पाए । उनले एक विकेट पनि लिए ।
अर्को कारणले पनि कामिन्दु मेन्डिसको बलिङ चर्चामा रह्यो । उनले आफ्नो ‘डेब्यू’ खेलमा दुबै हातले बलिङ गरेर विकेटसमेत लिँदै चर्चा बटुलेका हुन् । उनलाई हैदराबादले १३औँ ओभरमा बलिङको अवसर दिएको थियो ।
कामिन्दुले पहिलो बल कोलकाताका दायाँहाते ब्याट्सम्यान अंगकृत रघुवंशीलाई फालेका थिए । त्यो बल उनले बायाँ हातले फालेका थिए । त्यसमा अंगकृषले एक रन लिए । कामिन्दुले दोस्रो बल भने दायाँ हातले फालेका थिए ।
कामिन्दुले दायाँ हातले फालेको दोस्रो बलमा कोलकाताका ब्याट्सम्यान वेंकटेश ऐयरले एक रन लिएका थिए । ओभरको चौथो बलमा कामिन्दुले अंगकृतलाई हर्षल पटेलद्वारा क्याच गराएका थिए । त्यतिबेला अंगकृत ५० रनमा खेलिरहेका थिए । आईपीएलमा कामिन्दुले लिएको यो पहिलो विटेक हो । उनले २० बलमा दुई छक्का र एक चौकाको मद्दतले २७ रन पनि बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण