पाल्पामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु
शुक्रबार, २२ चैत २०८१, १३ : ०१

पाल्पा । पाल्पा जिल्लाको रिप्दीकोट गाउँपालिका– ७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको हो ।
डढेलो निभाउने क्रममा भिरबाट लडेर आज करिब १५–२० मिटर तल आगोमाथि खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए । घटनास्थल पुगेको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममाथि वर्षमान पुनको टिप्पणी– गन्तव्यविहीन जस्तो लाग्यो
-
सुदूरपश्चिम प्रदेशको विकासमा सहयोग गर्न भारतलाई आग्रह
-
नीति तथा कार्यक्रम : शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ?
-
शिक्षा, निजामति सेवा र भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने घोषणा
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल २२ गतेबाट सुरु हुने
-
सरकारको नीति तथा कार्यक्रम टोले गुन्डाले उठाएको चन्दा जस्तो देखियो : ज्ञानेन्द्र शाही