मैले खोजेको क्यारेक्टर ‘पिताम्बर’ पाँए– अभिनेत्री सुपुष्पा
काठमाडौं । ‘पिताम्बर’ चैत २९ गतेबाट रिलिज हुने फिल्म हो । फिल्म एक्सन कथामा निर्माण भएको छ । फिल्ममा अभिनेत्रीको रुपमा सुपुष्पा भट्ट रहेकी छन् ।
‘रणवीर’बाट फिल्मी करियर सुरु गरेकी भट्टको केही अगाडि ‘फेरि रेशम फिलिली’ रिलिज भएको थियो । फिल्म अभिनयबाट उनले राम्रो चर्चा पाएकी थिइन् । ‘पिताम्बर’मा आफ्नो चरित्र अन्य फिल्मको भन्दा केही फरक रहेको उनले बताइन् ।
‘फिल्ममा मेरो ‘बिहानी’ नामको चरित्र छ । बिहानी विधवा छे र इनोनसेन्ट छे’, उनले भनिन् ‘बिहानी कसरी विधवा हुन्छे भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्छ ।’ आफुले गर्न खोजेको क्यारेक्टर पिताम्बरमा भएको उनको धारणा छ ।
सुपुष्पाको डेब्यू फिल्म ‘रणवीर’ एक्सन बेसमा नै थियो । ‘रणवीर र पिताम्बरको जनरा एउटै भएपनि कथा फरक छ । मेरो क्यारेक्टरमा बिल्कुलै फरकपन पाउनुहुनेछ’, उनी थप्छिन् ।
सुपुष्पाले ‘पिताम्बर’मा अभिनय गरेपछि विधवाको जीवनलाई केही बुझेकी रहिछन् । ‘नेपाली समाजमा बसिसकेपछि विधवाको जीवन बाँच्न गाह्रो हुँदोरहेछ । आफूलाई माया गर्ने मान्छे नै नहुँदा गाह्रो पक्कै हुन्छ । यो फिल्ममा काम गरेपछि मैले केही बुझें । अहिले त महिलाहरुले आफ्नो स्ट्याण्ड लिनुभएको छ । उहाँहरुमाथि पनि आइरहनुभएको छ’, उनी भन्छिन् ।
उनी मल्टिस्टार फिल्म ‘पिताम्बर’मा जोडिन पाउँदा आफूलाई भाग्यशाली ठान्छिन् । ‘काममा प्रेसर चाहिँ हुँदोरहेछ । सबै कलाकार राम्रो अभिनय गर्ने हुनुहुन्छ । मेरो अभिनय चाहिँ कताबाट चिप्लिने हो कि भन्ने डर थियो । आफू तयारी अवस्थामा रहेपछि त्यो डर हराउँदो रहेछ ।’
सुपुष्पालाई अब आफैले एक्सन गर्ने फिलम अभिनय गर्ने मन छ । उनको यो पहिलोदेखि कै इच्छा हो । ‘त्यस्तो फिल्मको अफर आयो भनेर स्क्रिप्ट र आफ्नो क्यारेक्टर हेरेर निर्णय लिन्छु’ उनी भन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण