फुलमतिया देवी मृत्यु प्रकरणः बँदेल मार्न थापिएको विद्युतीय पासोमा परेर मृत्यु, कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु
रौतहट । रौतहटमा मृत फेला परेकी ५० वर्षीय महिलाको मृत्यु करेन्ट लागेर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बिहीवार वृन्दावन नगरपालिका–१ स्थित जंगलमा मृत फेला परेकी फूलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।
रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायकाअनुसार जंगलमा बंदेल मार्न करेन्ट लगाएर थापिएको पासोमा परेर उनको मृत्यु भएको हो । उनले भने, ‘जंगल नजिकै मकैबारी छ, सोही मकैबारीमा बँदेलले दुःख दिएपछि बँदेल मार्नका लागि थापिएको विद्युतीय पासोमा परेर फुलमतियाको मृत्यु भएको हो ।’
पक्राउ परेकाहरुले दिएको बयानअनुसार बँदेल मार्न थापिएको पासोमा परेर मृत्यु भएको खुल्न आएको प्रवक्ता रायले बताए । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा वृन्दावान नगरपालिका–१ निवासी सुशिल विक र जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका दुबैजनामाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा फुलमतिया देबीको शव फेला परेको थियो ।
उनी गत १४ गते आफ्नो घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ताको आठौँ दिनपछि उनको शव फेला परेको हो । प्रहरीमा उजुरी आएपछि तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडेको अवस्थामा फेला परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
-
बेलायतमा किशोरका लागि मध्यरातपछि सामाजिक सञ्जालमा कर्फ्यू प्रस्ताव
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण