‘जलाकी’को छायांकन बागलुङबाट सुरू
शुक्रबार, २२ चैत २०८१, १९ : १९
काठमाडौं । फिल्म ‘जलाकी’ को छायांकन सुरू भएको छ । पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिएको फिल्म बागलुङको कालिका भगवती मन्दिरबाट छायांकन सुरू गरेको हो । फिल्मका निर्देशक अशोक थापा मगर हुन् ।
त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्ममा सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन, आकृति राजभण्डारी, माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको अभिनय रहनेछ ।
कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामासमेत छायांकन गरिने फिल्म एम मिडिया प्रालिको व्यानरमा बन्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण