पूर्वप्रेमीको फिल्ममा दीपिका पादुकोणको इन्ट्री
नयाँ दिल्ली । सञ्जय लीला भन्सालीको आगामी फिल्म ‘लभ एन्ड वार’लाई लिएर फ्यानहरू धेरै उत्साहित छन् ।
यस फिल्ममा रणवीर कपूर, आलिया भट्ट र विक्की कौशललाई एक साथ देख्न सकिन्छ । एक रिपोर्टका अनुसार फिल्ममा रणवीर कपूरकी पूर्व प्रेमिका दीपिका पादुकोण पनि देखिनेछिन् । दीपिका पादुकोण र रणवीरबीच बोल्ड दृश्यहरू हुने बताइएको छ । रणवीर कपूर र आलिया भट्टको यो फिल्म लामो समयदेखि हेडलाइनमा छ । निर्देशक सञ्जय लीला भन्सालीले यी तीन स्टारलाई एकसाथ ल्याइरहेका छन् ।
दीपिका पादुकोण फिल्ममा अतिथि भूमिकामा देखिन सक्छिन् र रणवीर कपूरको साथमा उनको बोल्ड दृश्य हुने भन्दै भारतीय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । फिल्मी शिल्मीको रिपोरर्टअनुसार फिल्ममा रणवीरसँग दिपिकाको ४० मिनेटको दृश्य राख्ने विचार भइरहेको छ । स्रोतका अनुसार, दीपिका र रणवीरलाई एक रोमान्टिक दृश्यमा देख्न सकिन्छ । दीपिका पादुकोणले अहिलेसम्म फिल्म साइन गरेकी छैनन् तर उनले प्रस्तावबारे विचार गरिरहेको खबर आएको छ ।
‘लभ एन्ड वार’ २०२६ मा रिलिज हुन सक्नेछ । रिपोर्टका अनुसार यो फिल्म कन्नड सुपरस्टार यशको आगामी फिल्म ‘टक्सिक’सँग बक्स अफिसमा टकराउने अनुमान गरिएको छ । तर मेकरहरूले फिल्मको आधिकारिक रिलीज मिति अझै घोषणा गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
-
टेम्पो भिरबाट खसालेको विषयमा छानबिन समिति गठन
-
मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीले रसुवागढी नाकामा भीडभाड
-
फिफा विश्वकप २०२६ : रङ्गशाला सफा गरेर जापानी समर्थकले जिते विश्वकै मन
-
युक्रेनमा रुसी आक्रमण, ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण