माछापालनतर्फ किसानलाई प्रेरित गर्दै मत्स्य विकास केन्द्र
मकवानपुर । कुलेखानीस्थित मत्स्य विकास केन्द्रले माछा पालनलाई प्रोत्साहन गर्न विद्यार्थी र कृषक लक्षित गरी मत्स्य घुम्ती शिविर र विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।
मकवानपुरको इन्द्र सरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्रले माछा पालनसम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
मत्स्य केन्द्रका प्रमुख मनिता पौडेलका अनुसार हालै कालिका मावि फाखेलमा आयोजना गरिएको स्कूल शिक्षा कार्यक्रममा २४ जना विद्यार्थी, नौ जना विद्यालयका कर्मचारीलाई माछापालन पद्धति, मुलुकमा मत्स्यपालनको अवस्था, पाल्न सकिने माछाका जातलगायत माछाको पौष्टिक महत्त्व तथा प्राकृतिक जलाशयको संरक्षणलगायत विषयमा प्रशिक्षण दिइएको छ ।
माछा पालनलाई प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रले चितवनको खैरहनी, सिन्धुलीको मरिण र नुवाकोटको ककनीमा मत्स्य घुम्ती शिविर सञ्चालन गरेको छ ।
चितवनको खैरहनीमा आयोजित शिविरमा सुन्दरदीप महिला सहकारी संस्थामा आबद्ध २१ जना कृषकको सहभागिता रहेको थियो ।
सिन्धुलीको मरिण–४ सहान र नुवाकोटको ककनीमा सञ्चालित मत्स्य घुम्ती शिविरमा सहभागी ६० जना किसानलाई उन्नत जातका माछा पाल्ने बारेमा जानकारी दिँदै पोखरी अवलोकन गरिएको केन्द्र प्रमुख पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण