सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्ति होला ?
सोमबार, २५ चैत २०८१, ०९ : ५३

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको एक मन्त्रीले बताए । ‘एजेन्डा त खुलाइएको छैन । तर चैत २३ गतेबाट गभर्नर पद रिक्त रहेकाले नियुक्ति गर्ने सम्भावना छ’, ती मन्त्रीको भनाइ छ ।
महाप्रसाद अधिकारीको कार्यकाल चैत २३ सकिएपछि गभर्नर पद रिक्त छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप नेपालको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गरिने
-
पूँजी वृद्धिका लागि २ वर्ष समय थप गर्न स्टक ब्रोकर एसोसिएसनको माग
-
उदयपुरमा खोलाले बस बगायो, मानवीय क्षति भने भएन
-
बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा १७ जनाविरुद्ध मुद्दा चलाइने
-
“स्थानीय तहको न्याय प्रणालीमा राजनीतिक हस्तक्षेप बढ्याे”
-
कांग्रेस-एमाले गठबन्धनमा समस्या छैन : देउवा