सहकारी ठगी प्रकरण
रविको मुद्दा : उच्च अदालतको आदेशको पत्र जिल्ला अदालत पुग्यो
सोमबार, २५ चैत २०८१, १० : ३१
बुटवल । बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुर बुटवलको आदेशको पत्र जिल्ला अदालत रुपन्देहीमा पुगेको छ।
जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले इमेलमार्फत पत्र आएको राताेपाटीलाई बताएका हुन् । उनले अब प्रहरीले लामिछानेलाई अदालतमा उपस्थित गराएपछि आदेश कार्यान्वनकाे लागि कारागार पठाइने जानकारी दिए।
शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि आजै भैरहवा कारागार लग्ने तयारीमा जिल्ला प्रहरीको रहेको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशसँगै उनलाई शुक्रबार राति काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान विमानमार्फत भैरहवा ल्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–उत्तर कोरिया सम्बन्धमा नयाँ मोड
-
सुपारीखेतीतर्फ आकर्षित हुँदै इलामका किसान
-
जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका प्रतिवादी सुन्धाराबाट पक्राउ
-
अमेरिकामा ब्याजदर बढ्ने चिन्ताबिच सुनको मूल्य घट्यो
-
रोल नम्बर १, परालको आगो, कुम्भ र लाइफ ड्यामेजको कमाई कति ?
-
रास्वपा जाजरकोटको सभापतिमा महेश सिंह सर्वसम्मत चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण