रवि पक्राउ प्रकरण : मानव अधिकार आयोग जाँदै रास्वपा
काठमाडौँ । सभापति रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने भएको छ । न्यायिक प्रक्रिया नपुर्याई प्रहरीले गरेको पक्राउ, धरपकड, पक्राउ गर्नुअघि प्रहरीले सोधेको अन्तिम इच्छालगायतका विषयमा रास्वपाले आयोग जाने तयारी गरेको रास्वपाकी सहप्रवक्ता तथा लामिछानेको सचिवालय प्रमुख प्रतिभा रावलले जानकारी दिइन् ।
शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । रास्वपाले लामिछानेलाई प्रक्रिया नपुर्याई पक्राउ गरिएको भन्दै विरोध गरिरहेको छ ।
शनिवार रास्वपाले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा.स्वर्णिम वाग्लेले सोमबार उच्च अदालतको आदेशविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च जाने बताएका थिए ।
यद्यपि आजै भने आफूहरू सर्वोच्च नजाने सह प्रवक्ता रावलले बताइन् । उनले आफूहरूले कानुनी राय लिएर छलफल गरिरहेको बताउँदै मानवअधिकार आयोग जाने तयारी गरेको बताइन् । ‘आयोग र सर्वोच्च जाने तयारी गरेका छौँ । त्यसका लागि छलफलमै छौँ । कुन दिन जाने भन्ने तय भैसकेको छैन,’ उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
-
दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)
-
स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
-
गृहमन्त्रीको आश्वासनपछि सुस्तावासीका मागबारे के प्रगति भयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण