शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न कांग्रेसको माग
सोमबार, २५ चैत २०८१, १३ : ३६
काठमाडौँ । नेपाली कांग्रेसले देशभरका विद्यालय शिक्षकहरूको मागअनुरुप विद्यालय शिक्षा ऐन पारित गर्न सरकार प्रमुखको तहबाट शीघ्र वार्ता थाल्न माग गरेको छ । कांग्रेसको शिक्षा विभाग प्रमुख केन्द्रीय सदस्य नैनसिंह महरले विज्ञप्ति जारी गर्दै यसअघि नेपाल शिक्षक महासंघसँग भएका सहमति र सम्झौतालाई आधार मानेर आन्दोलनरत शिक्षकका माग पूरा गर्नुपर्ने बताएका छन् ।
‘नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ,’ महरले हस्ताक्षर गरि जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन ठप्प हुने अवस्थालाई ख्याल गर्नसमेत विज्ञप्तिमा आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण