साउथ एम्पटनको नामसँग जोडियो खराब कीर्तिमान, सात खेल अगावै रेलिगेसनमा
काठमाडौँ । साउथ एम्पटन इङ्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोट्टनहामसँग ३–१ गोलले पराजित भएसँगै साउथएम्पटन रेलिगेसनमा पर्ने पक्का भएको हो ।
प्रिमियर लिग तालिकामा हालसम्म ३१ खेल खेलेको साउथएम्पटन १० अंकसहित सबैभन्दा तल अर्थात, २० औँ स्थानमा आसिन छ । जारी सिजनको प्रिमियर लिगमा अब साउथ एम्पटनले सात खेलमात्र खेल्न बाँकी छ ।
बाँकी सातवटै खेलमा विजयी भए पनि साउथएम्पटन रेलिगेसनबाट जोगिने सम्भावना छैन । बाँकी सातवटै खेलमा विजयी भए पनि साउथ एम्पटनको कुल अंक ३१ मात्र पुग्नेछ । जबकी तालिकाको १७ औँ स्थानमा आसिन उल्भ्सले ३१ खेलबाट ३२ अंक जोडिसकेको छ ।
उल्भ्स हाल रेलिगेसन क्षेत्रबाट एक स्थान माथि छ । तालिकामा ३० खेलबाट १७ अंक जोडेको लेस्टर सिटी १९ औँ र ३१ खेलबाट २० अंक बटुलेको ईप्सविच सिटी १८औँ स्थानमा आसिन छन् । लेस्टर र ईप्सविच भने रेलिगेसनबाट जोडिन सँघर्षरत छन् ।
साउथ एम्पटनले यो सिजन हालसम्म दुई खेलमा जित, चार खेलमा बराबरी र २५ खेलमा हारको नतिजा निकालेको छ । साउथ एम्पटनले विपक्षीको पोष्टमा २३ गोल गरेको छ भने आफूले ७४ गोल खाइसकेको छ ।
साउथ एम्पटन इङ्लिस प्रिमियर लिगको इतिहासमा सबैभन्दा छिटो रेलिगेसनमा पर्ने टोली पनि बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण