गाजामा इजरायलको आक्रमण, एक पत्रकारसहित दुई जनाको मृत्यु
सोमबार, २५ चैत २०८१, १४ : ०१
गाजापट्टी । इजरायलले आइतबार मध्यराति गाजामा हवाई आक्रमण गरेको थियो । अस्पताल नजिकै बनाइएका पालहरूलाई लक्षित गरेर गरिएको यो आक्रमणमा एक जना स्थानीय पत्रकार सहित दुई जनाको मृत्यु भएको छ ।
यस आक्रमणमा अरु नौ जना घाइते भएका छन् । घाइते हुनेमा ६ जना पत्रकारहरू रहेको बताइएको छ । मध्यराति २ बजे खान युनिसको नासेर अस्पतालबाहिर सञ्चारकर्मीहरू बस्ने पालमा आक्रमण भएको थियो ।
मर्नेमा प्यालेष्टिनी टुडे न्यूजका पत्रकार यूसेफ अल–फाकावी र अर्का एक पुरुष भएको अस्पतालले बताएको छ । आफूले हमासका सेनामाथि आक्रमण गरेको इजरायली सेनाले भनेको छ ।
यसबाहेक उसले अरु कुनै जानकारी दिएको छैन । आफूले सर्वसाधारणलाई सकेसम्म चोट पुर्याउन नखोज्ने भन्दै इजरायली सेनाले मृत्युको सारा दोष हमासमाथि लगाएको छ ।
अर्काे छुट्टै आक्रमणमा १५ जनाको मृत्यु भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण