१३ वर्षीय बालिकाको हत्या, आरोपित युवकमाथि अनुसन्धान गर्न सात दिन म्याद थप

लहान । सिरहामा १३ वर्षीय बालिकालाई हत्या गरेको आरोपमा समातिएका २४ वर्षीय युवकमाथि अनुसन्धान गर्न प्रहरीले अदातलतबाट सात दिनको थप समय पाएको छ ।
१३ वर्षीय बालिका गुलसना खातुनको हत्या आरोपमा गोलबजार नगरपालिका वडा नं ९ गोविन्दपुरका २४ वर्षीय वीर बहादुर सार्की पक्राउ परेका हुन् ।
उनलाई प्रहरीले फागुन २४ गते गोलबजार नगरपालिका वडा नम्बर ९ गोविन्दपुरबाट पक्राउ गरेको थियो । गएको फागुन २९ गते घरबाट घाँस काट्न हिँडेकी १३ वर्षीय गुलसना खातुनको शव चैत १२ गते दिउँसो गोलबजार नगरपालिका वडा नम्बर ९ स्थित घुर्मी खोला किनारमा फेला परेको थियो।
छोरी घर नफर्किएपछि उनकी आमा जेहदा खातुनले चैत १२ गते खोजी गरिदिन इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएकी थिइन् । प्रहरीको केन्द्रीय अमुसन्धान ब्युरोको टोली, मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर र इलाका प्रहरी कार्यालय मिर्चैया समेतको संयुक्त टोलीले गुलसानाको शव प्लास्टिकको बोराभित्र फेला पारेको थियो।
पक्राउ परेका सार्कीलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका पिता बेचन अलि छोरी हराउनु दुई दिनअघि मात्रै वैदेशिक रोजगारीका लागि कतार गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्लिकले कसरी ‘फुच्चे केटाहरू’ को टोलीलाई च्याम्पियन बनाए ?
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा