शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
सारांश
- डा. शेखर कोइरालाले रेमिट्यान्सको नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरे।
- उनले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको र संविधान मिचिएको आरोप लगाए।
- कोइरालाले सुशासन र भ्रष्टाचार अन्त्य हुनुपर्नेमा जोड दिँदै दण्डहीनता बढेकोमा चिन्ता व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले गत महिना मात्रै करिब २ खर्व रेमिट्यान्स भित्रिएको तथ्याङ्क रहेको र वैदेशिक रोजगारमा जाने व्यक्तिले पठाउँदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको बताएका हुन् ।
यही कारण राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको हुन सक्ने उनको भनाइ छ । कोइरालाले सभापतिसँग कुरा गर्दा राम्रै मान्छे गभर्नर नियुक्ति हुने जानकारी गराएकाले आफू ढुक्क रहे पनि देशमा कतै गडबड त भइरहेको छैन भन्ने चिन्ता भने रहेको उल्लेख गरे ।
उनले संविधानमा गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने उल्लेख रहे पनि अहिले गभर्नरको विषयमा संविधानलाई मिच्ने काम भएको जिकिर गरे । त्यस्तै कोइरालाले सुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा देशमा दण्डहीनता बढ्दै गएकाले जनतामा असन्तुष्टि देखिएको बताए । उनले पैसाको लेनदेन गर्ने व्यक्ति जेल जाने र पैसा लिने प्रदेशको सांसदले उन्मुक्ति पाउनु दण्डहीनताको पराकाष्ठा भएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
-
शिक्षा, स्वास्थ्य लगायतमा लगाइएको कर फिर्ता नलिए आन्दाेलन गर्ने चेतावनी
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण