काठमाडौंमा भोलि राप्रपा, शिक्षक र सहकारी पीडितले प्रदर्शन गर्दै, कहाँ-कहाँ हुँदैछ सवारी आवागमन प्रभावित ?
काठमडाौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (मंगलबार) काठमाडौंमा प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध कार्यक्रम गर्नका लागि राप्रपाले प्रशासनबाट अनुमति समेत लिइसकेको छ । शिक्षक र सहकारी तथा लघुवित्त पीडितहरुले पनि प्रदर्शन गर्दैछन् ।
यसैबीच सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । सोमबार एक सुचना जारी गर्दै प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरुबारे जानकारी गराएको छ ।
खसिबजार – मकालु – कलंकी चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
किर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सितापाईला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रममा सहभागि हुन सवारी साधन लिएर आउने व्यक्तिहरुले
पार्किङ्ग गर्ने स्थानहरु :–
टियू गेट देखी चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँबसपार्क
सितापाईला – बाफल सडक खण्डमा एक लाईन
त्यस्तै नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भइ बानेश्वर र माइतीघर सडक खण्डको बीचमा, सहकारी र लघुवित्त पीडितले शान्तिबाटीकामा कार्यक्रम गर्ने भएकाले उक्त स्थानमा पनि आवश्यकता अनुसार डाइभर्सन मिलाएको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य बैकल्पिक मार्गको प्रयोग गर्न आग्रह समेत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण