गणतन्त्रको पक्षमा एमालेको प्रदेशस्तरीय जागरण सभा कर्णालीबाट
मङ्गलबार, २६ चैत २०८१, ११ : २५
काठमाडौँ । नेकपा एमालेले गणतन्त्रको पक्षमा सचेतना फैलाउन आजबाट प्रदेशस्तरीय जागरण सभा गर्दैछ । मंगलबारदेखि कर्णालीको सुर्खेतबाट प्रदेशस्तरीय जागरण सभा सुरु हुन लागेको नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।
‘गणतन्त्रको पक्षमा सचेतना फैलाउन एमालेले चैत ११ मा वडा र १८ गते जिल्लास्तरीय जागरण सभा गरिसकेको छ । त्यसैको निरन्तरता स्वरुप आजदेखि प्रदेशस्तरीय सभा हुँदैछ’,अधिकारीले भने,‘कर्णालीको सभालाई सम्बोधन गर्न महासचिव शंकर पोखरेल त्यसतर्फ गइसक्नुभएको छ ।’
त्यसै गरी एमालेले चैत २९ गते सुदूरपश्चिम र लुम्बिनी तथा ३० गते कोशी र गण्डकी प्रदेशमा जागरण सभा आयोजना गर्दैछ ।
ती सभाहरूमा अध्यक्ष र महासचिवले सम्बोधन गर्ने नेता अधिकारीले जानकारी दिए । बागमती र मधेसमा हुने जागरण सभाको मिति तय गर्न बाँकी रहेको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण