दक्षिण कोरियामा राष्ट्रपति चुनावको घोषणा
मङ्गलबार, २६ चैत २०८१, १२ : ३८
सोल । दक्षिण कोरिया राष्ट्रपतिको निर्वाचनको घोषणा भएको छ । मंगलबार त्यहाँको सरकारले नयाँ राष्ट्रपति चयनका लागि जुन ३ मा निर्वाचनको घोषणा गरेको छ ।
डिसेम्बरको शुरुमा मार्सल ल लगाएर देशलाई संवैधानिक संकटमा धकेलेका राष्ट्रपति युन सुक येओललाई संवैधानिक अदालतले अपदस्थ गरेपछि चुनावको औपचारिक घोषणा गरिएको हो । येओललाई बर्खास्त गरेको चार दिनपछि यो निर्णय भएको हो ।
मे ११ सम्ममा उम्मेदवारहरूले नाम दर्ता गराइसक्नु पर्नेछ । मे १२ देखि औपचारिक रूपमा चुनावी अभियान सुरु हुनेछ । राष्ट्रपतिको पद रिक्त भएपछि ६० दिनभित्र निर्वाचन गराउनु पर्ने व्यवस्था संविधानले गरेको छ ।
यस अघि २०१७ को मार्च १० मा तत्कालीन राष्ट्रपति पार्क ग्युन-ह्ये लाई बर्खास्त गरेपछि करिब ६० दिनपछि मे ९ मा निर्वाचन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण