न्युजिल्यान्ड क्रिकेट टोलीका प्रमुख प्रशिक्षकले अप्रत्यासित रूपमा गरे पद त्यागको घोषणा
काठमाडौँ । पाकिस्तानविरुद्धको टी–२० र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा न्युजिल्यान्डलाई महत्त्वपूर्ण सफलता दिलाउने प्रमुख प्रशिक्षक गेरी स्टिडले अप्रत्यासित रूपमा पदबाट राजीनामा दिएका छन् । न्युजिल्यान्ड क्रिकेट बोर्डले पनि उनको राजीनामाको समाचारलाई पुष्टि गरेको छ ।
स्टिडकै प्रशिक्षकत्वमा हालै न्युजिल्यान्डले पाकिस्तानलाई पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा ४–१ र तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा ३–० ले हराएको थियो । शृङ्खला सकिएको एक साता पनि बित्न नपाउँदै प्रशिक्षक स्टिडले पदबाट राजीनामा दिएका हुन् ।
समाचारमा जनाइए अनुसार, सिमित ओभरको प्रतियोगितामा प्रशिक्षकका रूपमा काम गर्न अनिच्छुक भएकाले उनले पदबाट राजीनामा दिएका हुन् । न्युजिल्यान्डको टेस्ट टोलीको प्रशिक्षक बन्न भने उनी इच्छुक रहेको दाबी गरिएको छ ।
यद्यपि, आधिकारिक रूपमा यस विषयमा केही बताइएको छैन । एक समाचारमा जनाइए अनुसार, स्टिडले भविष्यमा न्युजिल्यान्डको टेस्ट टोलीको प्रशिक्षकका लागि आवेदन दिने सम्भावना छ । माइक हेसनले पदबाट राजीनामा दिएपछि स्टिड सन् २०१८ मा न्युजिल्यान्डको प्रमुख प्रशिक्षक बनेका थिए ।
स्टिडले केही समय आराम गर्ने उद्देश्यले आफूले राजीनामा दिएको बताएका छन् । ‘म केही समय आराम गर्न चाहन्छु । जीवनमा व्यस्तता र तनाव धेरै भयो । केही समय आराम गरेर म आफ्नो आगामी भविष्यको निर्णय लिनेछु,’ उनले भनेका छन् ।
स्टिडकै प्रशिक्षकत्वमा न्युजिल्यान्डले सन् २०२१ मा पहिलोपटक आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि चुमेको थियो । उनकै प्रशिक्षकत्वमा न्युजिल्यान्डले सन् २०२४ मा भारतविरुद्धको टेस्ट शृङ्खलामा ऐतिहासिक जित पनि हात पारेको थियो ।
तर, उनको प्रशिक्षकत्वमा न्युजिल्यान्डले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा आयोजित सिमित ओभरको प्रतियोगितामा भने कुनै उपाधि जित्न सकेन । न्युजिल्यान्डको टोली सन् २०१९ विश्वकप र सन् २०२१ को टी–२० विश्वकपको फाइनलमा पराजित भएको थियो ।
न्युजिल्यान्डको टोली केही समयअघि सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पनि पुगेको थियो । तर, फाइनलमा भारतले न्युजिल्यान्डलाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण