कर्णालीका मुख्यमन्त्री भन्छन्ः जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले देशका थुप्रै परिवर्तन भएपनि व्यवस्थामाथि प्रश्न उठाउने काम भएको बताएका छन् । कोही व्यक्तिको कमजोरीलाई लिएर व्यवस्थामाथि प्रश्न उठाउने काम भइरहेको उनको भनाइ छ ।
‘जनताको आयु बढेको छ, यो परिवर्तन हैन र ?,’ मंगलबार वीरेन्द्रनगरमा आयोजित एमाले सुर्खेतद्धारा आयोजित जागरण सभामा बोल्दै उनले प्रश्न गरे, ‘हुम्ला सडकमा जोडिँदै छ । हामी राम्रो काम गर्छौँ ।’
जनताको अवस्था बदलिएको दाबी गर्दै अवस्था, स्थिति बदलिएको तर जनताको चाहना अनुसार केही काम गर्न बाँकी रहेको उनले बताए । साथै, उनले एमाले जनताकाबीच पृथक तरिकाले अघि बढीरहेकोले परिवर्तन देख्दा देख्दैपनि जनतालाई भ्रममा पारिएको उनको भनाइ थियो ।
कँडेलले एमाले चुनावमा मात्रै रमाउने पार्टी नभएको बताए । प्रदेश सरकारबारे कँडेलले भने, ‘मैले कर्णालीबासीको शिर निहुराउने गरी कुनै काम गरेको छैन । ठाउँ र व्यक्ति विशेषको काम गर्न सकिँदैन । समग्र कर्णालीबासीका लागि काम गर्ने हो । सबै काम हामीले गर्न सकिँदो रहेनछ ।’ आफुले हिजो योजनालाई व्यापारसँग जोडिने अवस्थालाई अहिले हटाएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण