गोली हानेर हत्या गरेपछि फरार प्रतिवादी साधुको भेषमा भेटिए, १७ वर्षपछि पक्राउ
काठमाडौं । पर्सामा १७ वर्षअघि भएको गोलिकाण्ड पछि फरार भएका प्रतिवादी साधुको भेषमा भेटिएका छन् । २०६४ वैशाख २५ मा पर्साको बहुअर्वाभाठा बस्ने ढोडा मुखियाको हत्यामा संलग्न लोकनाथ साह तेली साधुको भेषमा भेटिएका हुन् ।
पर्साको बिन्दवासिनी गाउँपालिका–२ घर भएका ६२ वर्षीय तेलीलाई १७ वर्षपछि पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका एसपी सुधिर शाहिले रातोपाटीलाई बताए । उनि भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रुपमा साधु बनेर लुकेर बसेका थिए ।
नेपालतर्फ आएको सुचना पाएपछि चैत २५ मा उनलाई बीरगञ्जबाट पक्राउ गरिएको एसपी शाहिले जानकारी दिए । ढोडा मुखियासँग प्रतिवादी र अर्का एकजना मिलेर ७४ हजारमा जग्गा खरिद गरेका थिए । जग्गाको मुल्यबापत ६४ हजार रकम दिएपनि १० हजार बाँकी रकममा विवाद भएको पाइएको छ ।
१० हजार रुपैयाँ नदिन खोजेपछि विवाद हुँदा तेलीले जग्गाधनी मुखियालाई छलफल गर्न बोलाएर गोली प्रहार गरेका हुन् । गोली लागेर मुखियाको ज्यान गएको थियो ।
२०६९ कार्तिकमा सर्वोच्च अदाललते तेलीलाई सर्वस्व सहित जन्म कैद हुने ठहर गरेको थियो । प्रतिवादीलाई पर्सा जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण