सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले समिक्षा बैठक बोलाएको छ । चैत २० गतेदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै आएको महासंघको समिक्षा बैठक चलिरहेको छ । बैठकमा आजसम्मको आन्दोलनको समिक्षा, सरकारले वोलाएको वार्ता लगायतका विषयमा छलफल चलिरहेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुनः वार्ताका लागि आह्वान गरेको छ । सरकारले वार्ताका लागि पुनः आह्वान गरेपछि बैठकमा उक्त विषयमा समेत छलफल हुने महासंघका नेताहरूले बताएका छन् ।
यथासिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन् । चैत २५ गतेदेखि शैक्षिक हड्तालको समेत घोषणा गरेका छन् । आन्दोलन र शैक्षिक हड्तालको क्रममा शिक्षकहरू कुनै प्रकारका उत्तरपुस्तिका परीक्षण नगर्ने, परीक्षामा सहभागी नहुने जस्ता शैक्षिक कार्यक्रमहरू बहिस्कार गरेका छन् ।
शैक्षिक हड्तालको घोषणा गरेपछि नयाँ शैक्षिक सत्र, एसईईको उत्तरपुस्तिका परीक्षण, पाठ्यपुस्तक वितरण जस्ता कार्यक्रम रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण