‘द महावीर’ निर्माण गर्दै सङ्गीतकार अधिकारी
काठमाडौँ । चर्चित सङ्गीतकार तथा रोयल्टी समाजका अध्यक्ष सुरेश अधिकारीले फिल्म निर्माण गर्ने भएका छन् । उनको कार्यकारी निर्माण रहने ‘द महावीर’ निर्माण घोषणा भएको छ । फिल्मको निर्देशन जीवी आग्रीले गर्दै छन् । आग्री यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
निर्माण युनिटले फिल्मको एक थिम पोष्टर समेत सार्वजनिक गरेको छ । पोस्टरमा दुईवटा घोडामा चढेका दुई व्यक्ति आमनेसामने भएको देखिन्छ । बिचमा ठुलो तरबार रातो कपडाले बेरिएको अवस्थामा छ । पृष्ठभूमिमा भने युद्ध भइरहेको देखिन्छ । पोस्टरबाट फिल्म ऐतिहासिक कथामा आधारित रहने प्रष्ट हुन्छ ।
फिल्म निर्माण घोषणासँगै फिल्ममा राजेश हमाल, भुवन केसी, रेखा थापा, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धिरज मगर, आँचल शर्मा, मिरुना मगर लगायत रहने चर्चा छ । निर्माण युनिटले भने फिल्ममा महावीर बन्ने कलाकार अहिले सार्वजनिक गर्ने बेला नभएको बत्ताउँछ ।
लक्षरा फिल्मसको प्रस्तुतिमा बन्न लागेको फिल्ममा कृष्ण बिके र जीवी आग्रीको लेखन छ । कृष्ण बिके, बिआर रेड्डी र सन्तोष लुहार निर्माता रहेको फिल्मको सह–निर्मातामा रम्भा देवी र लक्ष्मण बिके हुन् । पोस्टरमा फिल्म हिन्दी र नेपाली भाषामा रिलिज हुने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा भारतीय गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार यात्रुको मृत्यु
-
हरेक झगडाले टुट्दैन सम्बन्ध तर यी बानीले सुटुक्क मार्छन् माया
-
राष्ट्रिय सभा बैठक बस्दै : ९ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
-
न्याय परिषद् ऐनमा एक महिना, व्यवहारमा वर्षौँ : कहिले होला सर्वोच्च पूर्ण ?
-
प्रतिनिधि सभा बैठक बस्दै: चार मन्त्रीले विभिन्न विधेयक र प्रस्ताव पेस गर्ने
-
ढिला गरी सुरु भयो इंग्ल्याण्ड र मेक्सिकोबिचको खेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण