प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिगएको प्रहरी टोलीले गौरभ आचार्य, सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा निजहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ ।
कैलालीकै टिकापुर नगरपालिका ९ खक्रौला चेक पोष्ट नजिकबाट टिकापुर १ एकतानगर शिविर बस्ने सन्तोष बिक र बन्दना बिकलाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट १ ग्राम ४२० मिलिग्राम लागु औषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका स्थित बङ्ग्राकटान र त्रिनगर भन्सार नजिक अपराध अनुसन्धान समूहबाट खटिगएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ६ बस्ने विवेक राना, आकाश राना, भीम सुनार, दिनेश बोहरा र विशाल बोहरालाई शंका लागि चेकजाँच गर्दा निजहरूको साथबाट ६६० मिलिग्राम लागु औषध फेला परेपछि उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका १९ का रोहित बोगटी र लोकेन्द्र खड्का ७२ ट्याब्लेट प्रतिबन्धित औषधी गरी जम्मा ५ ग्राम ६६० मिलिग्राम लागु औषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण