भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा खारेज, नेपाललाई असर नपर्ने
काठमाडौँ । भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा अप्रिल ८ (मंगलबार) देखि खारेज गरेको छ। यो सुविधाका कारण विमानस्थल र बन्दरगाहहरूमा अत्यधिक जाम बढेको भन्दै खारेज गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको हो ।
ट्रान्ससिपमेन्टको कारण ढुवानीमा ढिलाइ हुन थालेको र लागत समेत बढ्न थालेपछि यसले भारतकै निर्यात प्रक्रियामा समेत अवरोध उत्पन्न गराउँदै आएको भन्दै यो निर्णय गरिएको बताइएको छ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त निर्णयले भारतीय भू-भाग हुँदै नेपाल वा भुटानतर्फ जाने बङ्गलादेशको निर्यातमा कुनै असर नपार्ने स्पष्ट पारे ।
बंगलादेशले धेरै देशहरूमा आफ्ना सामानहरू निर्यात गर्छ, तीमध्ये केही देशहरूको निर्यात भारत हुँदै हुन्छ। अहिलेसम्म भारतले बंगलादेशलाई यो अनुमति दिएको थियो तर अब यो सुविधा फिर्ता लिइएको छ।
सरकारले उठाएको यस कदमले भारतको आन्तरिक ढुवानी प्रणालीलाई सहज बनाउने विश्वास गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण